राम्रो सँग हेर्नुस उहानै हुनुहुन्छ डाक्टर गोविन्द केसी

Wednesday, April 1, 2015

राम्रो सँग हेर्नुस उहानै हुनुहुन्छ डाक्टर गोविन्द केसी


राम्रो सँग हेर्नुस उहानै हुनुहुन्छ डाक्टर गोविन्द केसी जस्ले महिनाको ५०००० तलब लिदा ८००० आफ्नो खर्च 

छुटाएर अरु सबै गरीब अनि दुखीको लागि छुटाउनु हुन्छ उहाले बाडी पिडित देखि लिएर गरीब दु:खी लाई 

सहयोग गर्न कहिले पछि पर्नु भएन आज हामी नेपाली जनता कै लागि उहाले प्राणको पनि मतलब नगरी 

लडी रहनु भएको छ  
केही दिनअघि छात्रवृत्तिका डाक्टर दुर्गममा गएर सेवा दिनुको सट्टा सुगममा थुपि्रए भन्ने समाचार आयो। तर गजब त के छ भने ती डाक्टरहरूलाई नियुक्त गर्ने मन्त्रालय र स्वास्थ्यसेवा विभागको रवैयाबारे केही बोलिएन, जबकि सुगम वा दुर्गम जहाँ पनि डाक्टर नियुक्ति गर्न ती निकायहरू जिम्मेवार छन्। दुर्गममा गएर सेवा गर्नु डाक्टरका कर्तव्य हो भने भेदभाव नगरी उनीहरूलाई त्यहाँ पठाउनु राज्यका निकायहरूको जिम्मेवारी हैन? दुर्गममा डाक्टर पठाउनु ग्रामीण क्षेत्रको स्वास्थ्यसेवा प्रवाहको एउटा कडीमात्र हो। चाहे छात्रवृत्तिका होउन्, चाहे स्थायी, देशका कुनै पनि स्वास्थ्य संस्थामा खटाइने डाक्टरहरू दुई कुराले सुसज्जित हुनुपर्छ। एक, सेवा दिनका लागि चाहिने ज्ञान र सीप। दुई, सेवा दिने क्रममा नभई नहुने भौतिक संरचना, प्रविधि र उपकरणहरू। अहिलेलाई हेरौं, पहिलो क्षेत्रमा नेपालको राज्यले के गर्दैछ। विश्वमा अन्यत्र के देखिन्छ भने बीस वर्षअघि निस्केका डाक्टरभन्दा आज निस्केका डाक्टर धेरै नयाँ ज्ञान र सीपले सुसज्जित हुन्छन्, किनकि चिकित्सा क्षेत्रले विज्ञान प्रविधिका अन्य क्षेत्रझैं तीव्र छलाङ लगाइरहेको छ। जति समय बित्दै गयो, उति धेरै जानकारी र अन्वेषणका नतिजाहरू आउँदै जान्छन् र अत्याधुनिक जीवनदायी उपचार पद्धतिहरू प्रयोगमा आउँछन्।
एउटा निजी मेडिकल कलेजमा पढिरहेको व्यक्तिको स्तरीय चिकित्सा शिक्षा पाउने अधिकार एकातिर अनि नियामक निकायका पदाधिकारीहरूको आर्थिक स्वार्थ अर्कोतिर भएपछि चिकित्सा शिक्षाको हालत के होला? स्पष्ट छ, नेपालजस्तो दण्डहीनता भएको देशमा यति संगठित भइसकेको भ्रष्टाचारको कार्टेलिङलाई चुनौती दिनु गाह्रो काम हो। तर यो क्षेत्रमा यस्तो भाँडभैलो हुनदिनु भनेकै चिकित्सक बन्ने क्रममा सम्झौता गर्नु र मानिसहरूको स्वास्थ्य जोखिममा पार्नु हो। अर्को शब्दमा, यो मानिसहरूको जीवन-मरणसित जोडिएको विषय हो। एउटा कमसल चिकित्सक बनाएर मानिसको उपचार गर्न पठाउनासाथ हामीले उसले जीवनकालमा हेर्ने सबै बिरामीहरूको स्वास्थ्यसित खेलिरहेका छौं। अब कल्पना गर्नोस्, दस हजार त्यस्ता चिकित्सक कार्यक्षेत्रमा उत्रेपछि के हुनेछ?